
नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिअन्तर्गत सात वटा उपसमितिहरू गठन भएका छन् ।
पार्टीका उपसभापति एवम् समितिका संयोजक पूर्णबहादुर खड्काले परिचालन समितिको मातहतमा रहेर काम गर्ने गरी सात वटा उपसमितिहरू गठन गरेका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनकाअनुसार भ्रातृ संघ समन्वय एवम् परिचालन उपसमितिको संयोजकमा सुरेन्द्रराज पाण्डे, आचारसंहिता अनुगमन तथा निर्वाचन आयोग समन्वय उपसमितिमा मीनबहादुर विश्वकर्मा, अनुगमन, मुल्यांकन तथा सुपरिवेक्षण उपसमितिमा प्रदीप पौडेल र शुभेच्छुक संस्था समन्वय एवम् परिचालन समितिमा मदनबहादुर अमात्य मनोनीत भएका छन् ।
त्यस्तै, विदेशस्थित नेपाली जनसम्पर्क समिति समन्वय एवम् परिचालन उपसमितिको संयोजकमा उदय शमशेर राणा, जिल्ला सम्पर्क समन्वय उपसमितिको संयोजकमा जीनजंग बस्नेत र निर्वाचन सुरक्षा निकाय समन्वय उपसमितिको संयोजकमा रामहरि खतिवडा मनोनीत भएका छन् ।


