• मंगलबार, भाद्र ३० २०८३

सत्तारुढ पाँच दलीय गठबन्धनले वैशाख १८ देखि संयुक्त चुनावी सभा गर्ने


बिहिबार, बैशाख ८ २०७९
680
Shares

सत्तारुढ पाँच दलीय गठबन्धनले संयुक्त चुनावी सभा आयोजना गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान बसेको चुनावी तयारी तथा अनुगमन समितिको बैठकले सो निर्णय गरेको माओवादी केन्द्रका नेता देव गुरुङले जानकारी दिए।

गुरुङका अनुसार आगामी वैशाख १८ देखि २३ गतेसम्म सातै प्रदेशमा चुनावी सभा गर्ने निर्णय भएको हो। निर्वाचन नजिकिँदै जाँदा सत्तारुढ गठबन्धनले चुनावी सभा आयोजना गर्न नसकेको भन्दै टिकाटिप्पणी सुरु भएको थियो। 

त्यस्तै, समितिको बैठकले निर्वाचन प्रचार प्रसारलाई व्यवस्थित बनाउनका ब्यवस्थित भएर लाग्ने निर्णय पनि गरेको छ। गठबन्धनले सत्तारुढ गठबन्धनले ६ वटै महानगर र ११ वटा उपमहानगरपालिकाको भागवण्डा टुंगो लगाइसकेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार