• शनिबार, साउन १६ २०८३

गोरखाका ११ वटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय राखियाे (काे कहाँ खटिए ?)


बिहिबार, बैशाख ८ २०७९
830
Shares

????????????????????????????????????

गोरखा । गोरखामा निर्वाचनको तयारी भने तिब्र पारिएको छ । स्थानीय तहको निर्वाचन तयारी स्वरुप बिहिबार गोरखाका ११ वटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

जिल्लाका २ नगरपालिकासहित ९ गाउँपालिकामा कार्यालयहरु स्थापना गरिएको हो । यता गोरखा नगरपालिकामा भने मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्ला सदरमुकाम रहेको गोरखा नगरपालिकामा गोरखा जिल्ला अदालतका न्यायाधिश समेत रहेका मुख्य निर्वाचन अधिकृत दिनबन्धु बरालले कार्यालयको उद्घाटन गरेका हुन् ।

आगामी बैशाख ३० गतेको स्थानीय तहको निर्वाचन तयारीका लागि कार्यालयहरु स्थापना गरिएको बताइएको छ । कार्यालयहरुले निर्वाचन आयोगले तोकेको तालिका अनुसार कार्यसम्पादन गर्ने बताइएको छ । जसमा बैशाख ११ र १२ गते मनोनयन दर्ताको तालिका रहेको मुख्य निर्वाचन अधिकृत बरालले सिभिलखबरलाई बताए ।

त्यस्तै १२ गते नै मनोनयन दर्ता गराएका उम्मेदवारहरुको सूची प्रकाशन गरिने उनको भनाई छ । १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने, १४ र १५ मनोनयनपत्र जाँच गर्ने र उम्मेदवारको विरुद्ध परेका उजुरी माथी छानविन गरी निर्णय गर्ने तालिका रहेको बरालले बताए ।

बैशाख १५ गते मनोनयन भएका उम्मेदवारहरुको नामावली प्रकाशित गर्ने र १६ गते उम्मेदवारले नाम फिर्ता लिने र सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशनको कार्यतालिका रहेको बताइएको छ । त्यस्तै १७ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने बैशाख ३० गते मतदान हुने उनले बताए ।

यता गोरखा नगरपालिकाबाहेकका स्थानीय तहमा भने निर्वाचन कार्यालय स्थापना गरिएको छ । जसमा पालुङटार नगरपालिकामा गोकर्णराज पन्त, सिरानचोक गाउँपालिकामा डोलनाथ न्यौपाने, धार्चे गाउँपालिकामा निराज कुमार खत्री र चुमनुब्री गाउँपालिकामा नानीबाबु पोखरेललाई निर्वाचन अधिकृतका रुपमा खटाइएको छ ।

त्यस्तै गण्डकीमा बासुदेव रेग्मी, बारपाक सुलिकोटमा शेषकान्त पौडेल, शहिद लखन गाउँपालिकामा जिवन प्रसाद आचार्य, अजिरकोटमा कमल राज भण्डारी, आरुघाटमा श्रीधर पौडेल र भिमसेन थापा गाउँपालिकामा खिमानन्द गौतमलाई खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार