????????????????????????????????????

गोरखा । स्थानीय तहमा दलले चुनावी तयारी गर्न गठबन्धन कुर्न नपर्ने जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले बताएका छन् । पार्टीको आमसभालाई सम्बोधन गर्न गोरखा आएका डा भट्टराईले महानगर र उपमहानगरपालिका बाहेकका स्थानीय तहमा गठबन्धन बाध्यकारी नरहेको जिकिर गरे ।



‘यो गठबन्धन प्रतिगमन विरुद्धको एकता हो, त्यसैले यो सरकारको गठबन्धन हो’ उनले भने ‘स्थानीय तहमा आवस्यकता परे गठबन्धन हुन्छ नभए आफ्नो तयारी गरेर अघि बढ्ने हो, गर्नै पर्छ भन्ने होइन ।’
आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्न कुनै किसिमको राजनैतिक समस्या नभएको तर संवैधानिक जटिलता भने रहेको उनले खुलासा गरे । निर्वाचनका बिषयमा अदालतमा मुद्धा परेकाले अदालतको फैसला बाहेकका अन्य अन्योल र जटिलता नरहेको समेत उनले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्न गोरखा पुगेका गोरखा पुगेका जसपाका कार्यकारी अध्यक्ष उपेन्द्र यादवले केपी शर्मा ओली राजा महेन्द्र शाहको अनुशरणकर्ता रहेको पुष्टि भएको दावी गरेका छन् । सात प्रदेशको सिमांकन र नामाकरण गर्दा ओली महेन्द्रको पथमै अघि बढेको उनले आरोप लगाए ।
‘अहिले भएका ७ प्रदेशमा पनि ओली सरकारले महेन्द्रले राखेकै जस्तो नाम र सिमांकन राखेको छ’ यादवले भने ‘त्यहि राख्न र त्यहि काम दोहो¥याउन किन चाहिएको थियो र संघियता अनि किन चाहियो परिवर्तन ?’



त्यस्तै अध्यक्ष यादवले हालको संविधान अपूरो, अपूर्ण र विभेदकारी रहेकाले कुनै हालतमा संशोधन हुनुपर्ने तर्क गरेका छन् । संविधान संशोधन विना देशमा राजनीतिक स्थितरता नआउने दावी पनि गरे । प्रदेश सरकारलाई अधिकारविहिन बनाएर केन्द्रले सारा शक्ति र स्रोत केन्द्रिकृत गरेको भन्दै अध्यक्ष यादवले यस्तो प्रणालीमा संघियताको अर्थ नहुने तर्क गरे ।
ज्नता समाजववदी पार्टी गोरखाका अध्यक्ष यान प्रसाद भट्टको अध्यक्षतामा भएको आमसभामा पार्टीकी नेतृ हिसिला यमी, केन्द्रिय सदस्य हरिशरण आचार्य, समाजवादी विधार्थी समाजका केन्द्रिय अध्यक्ष रुपनारायण श्रेष्ठ लगायतले सम्बोधन गरेको सचिव विपिनचन्द्र ढकालले जानकारी दिए ।