• शनिबार, साउन ९ २०८३

टिकटकमा लाइभ बसेर फलोवर्सलाई लाइक गर्न लगाउने महिलालाई तीन वर्ष जेल सजाय


मंगलबार, बैशाख ६ २०७९
975
Shares

This image has an empty alt attribute; its file name is OLD-CAPITAL-teacher-wanted.jpg

काठमाडौं। इजिप्टकी टिकटक स्टारलाई अदालतले मानव बेचबिखनमा संलग्न भएको आरोपमा दोषी ठहर गर्दै सजाय सुनाएको छ।

२० वर्षीया टिकटक स्टार हनीन होसमलाई भिडिओ सेयरिङ प्लेटफर्म मार्फत् पैसाको लागि महिलाको शोषण गरेको भन्दै तीन वर्षको जेल सजाय सुनाइएको हो। तर, उनले भने सो आरोप अस्वीकार गरेकी छन्। अप्रिल २०२० मा आफ्ना महिला फलोवर्सहरूलाई अर्को भिडिओ साझेदारी प्लेटफर्म लाइकमा सामेल हुन अनुरोध गरेकी थिइन्।

उनले त्यसबेला लाइभमा बसेर पैसा कमाउन सक्ने बताएकी थिइन्। त्यसपछि उनी पहिलोपटक पक्राउ परेकी थिइन्। जुलाईमा कायरोको आर्थिक अदालतले होसम र अर्का टिकटक स्टार मवादा अल अधमलाई पारिवारिक मूल्य र सिद्धान्तहरूको उल्लंघन गरेको आरोपमा दोषी ठहर गरेको थियो।

अदालतले होसमलाई अनुपस्थितिमा १० वर्षको जेल सजाय सुनाइएको थियो र उपस्थित अधमलाई ६ वर्षको जेल सजाय सुनाइएको थियो। होसमले पक्राउ पर्नुअघि रुँदै एक भिडिओ पोस्ट गरेकी थिइन्। उनले भनेकी थिइन्, ‘कुनै अनैतिक काम गरेको होइन, यसबाट कसैलाई हानि भएको छैन।’

अदालतले होसम र कम्तिमा ११ अन्य महिलाहरूले २०२० देखि लाखौं फलोवर्सहरुको गोपनीयता, अभिव्यक्ति स्वतन्त्रता, गैर–भेदभाव र शारीरिक स्वायत्तताको अधिकार हनन गरेको जनाएको थियो। तर, एक पुनरावेदन अदालतले जनवरी २०२१ मा होसम र अधमलाई सफाइ दिएको थियो।

This image has an empty alt attribute; its file name is bajaj-0-offer-1.gif

उनीहरु अर्को महिना रिहा भएका थिए। यद्यपि, अभियोजकहरूले त्यसपछि मानव बेचबिखनको थप गम्भीर आरोप पेस गरे। उनीहरुले महिलाहरूलाई भौतिक लाभ प्राप्त गर्ने उद्देश्यका साथ इजिप्टको समाजको सिद्धान्त र मूल्यमान्यता विपरीत कार्यहरूमा बालिकाहरूलाई प्रयोग गरेको आरोप लगाइएको थियो।

तर, सोही अदालतले सोमबार होमसलाई दोषी ठहर गरेको हो। उनलाई तीन वर्षको जेल सजायको अतिरिक्त न्यायाधीशले उनलाई २ लाख इजिप्शियन पाउन्ड जरिवाना गरेका छन्। स्थानीय मिडियाका अनुसार होमसले लाइकमा प्रचार गरेकी थिइन् र अधमले इन्स्टाग्राम र टिकटकमा यसबारे भिडियो सेयर गरेका थिए । होसमको टिकटकमा झन्डै ९ लाख फलोअर छन्। उनी टिकटकमा नृत्य र गीतमा लिपसिंङ गरेको भिडियोहरु अपलोड गर्छिन्।

This image has an empty alt attribute; its file name is new-year-shubhakamana-2079.gif

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार