
गोरखा। नेपाली कांग्रेस गोरखाले सबै पालिकाको प्रमुख र उपप्रमुखका आकांक्षीको नाम संकलन गरेको छ । ११ वटै पालिकाको प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र सदस्यका आकांक्षीको नाम संकलन गरिसकेको जिल्ला कार्यसमितिका सहसचिव लुमनाथ लामिछानेले जानकारी दिए ।
त्यस्तै नेकपा (माओवादी केन्द्र) को चार वटा गाउँ पार्टी कमिटीले प्रमुख र उपप्रमुखका आकांक्षीको नाम सिफारिस गरी जिल्ला पार्टी समन्वय समितिमा पठाएको जनाएको छ । दुईवटा पालिकाले अध्यक्ष पदमा एकेक जना मात्र आकांक्षीको नाम पठाएको छ ।


नेपाली कांग्रेस नगरसमितिले गोरखा नगरपालिकाको प्रमुखमा भूपेन्द्रजंग थापा(भूगोल), विश्वदेव श्रेष्ठ, किशोरजंग थापा, पूर्णबहादुर पन्त(ध्रुव), डिलबहादुर थापा, हरिबहादुर गान्धारी, शोभा अधिकारी, विनाकुमारी श्रेष्ठ, इमानजंग बस्नेत र राजनराज पन्तको नाम सिफारिस गरी पठाएको छ । त्यस्तै उपप्रमुखमा मीनादेवी श्रेष्ठ, गोमा दवाडी, पुष्पा श्रेष्ठ, शरदबाबु श्रेष्ठ, पम्फा गान्धारी, मसलीमाया थोकर र रीता परियारको नाम सिफारिस भई आएको सहसचिव लामिछानेले जानकारी दिए ।
त्यस्तै पालुंटार नगर समितिबाट सो नगरपालिकाको प्रमुखमा बिमल ढकाल, अम्बिका न्यौपाने, सरोज देवकोटा, गणेश देवकोटा, सुरज श्रेष्ठ, दीपकबाबु कँडेल, पूर्णबहादुर राना, बलराम खड्का र दीर्घमान गुरुङ(नारायण)को नाम सिफारिस भई आएको छ । त्यस्तै उपप्रमुखहरुमा राधा पन्थी थापा, प्रमिला राना मगर गुरुङ, सुनिता सापकोटा, पार्वती नेपाली, प्रकाश गुरुङ र चेतकुमारी श्रेष्ठको नाम आएको लामिछानेले बताए ।


त्यस्तै सिरानचोक गाउँ कार्यसमितिले प्रमुखमा कुमारी गुरुङ, जीवन वानियाँ, सिपी पोखरेल, राजु थापा, विष्णुप्रसाद पोखरेल, प्रदीपवावु ढकाल, मोहनप्रकाश पोखरेल, नवीन श्रेष्ठ, राजु गुरुङ, नरेन्द्र ढकाल, भक्तबहादुर गुरुङ, किशोर गुरुङ र ज्ञानेन्द्र गुरुङको नाम सिफारिस गरी पठाएको छ । उपप्रमुखमा शिला दवाडी, सुनिता पोखरेल, भावना दानी र रीता देवकोटाको नाम सिफारिस गरी पठाएको छ ।
त्यस्तै अजीरकोट गाउँ कार्यसमितिले प्रमुख पदका लागि फणिन्द्र धिताल, गोविन्द गुरुङ, ओम गुरुङ, तुलसी धिताल, वुद्धिबहादुर तामाङ, मिना अधिकारी, सुवास अधिकारी, चन्द्रमाया गुरुङ, जंगबहादुर गुरुङ, झनबहादुर दवाडी, तयराज गुरुङ, दिनेश सुनार, मदन दवाडी र तेजबहादुर शेर्पाको नाम सिफारिस गरेको छ । त्यस्तै उपप्रमुखमा गौरी तामाङ, इतराज सुनार, इन्द्र गुरुङ, सरस्वती धिताल, कृष्ण घले, कमला धिताल र विष्णुमाया अधिकारीको नाम सिफारिस गरेको छ ।


त्यस्तै बारपाक सुलीकोट गाउँ कार्यसमितिले प्रमुख पदका लागि जीतबहादुर घले, दिनेश खनखवास, कृष्ण गुरुङ, हरि देवकोटा र ध्रुव गुरुङको नाम सिफारिस गरेको छ भने उपप्रमुखमा अम्बिका थापा, जनुका सापकोटा ढकाल, लेखमाया गुरुङ राना, सलिना गुरुङ र प्याउली गैरेको नाम सिफारिस गरेको छ ।
त्यसैगरी धार्चे गाउँ पार्टी समितिले प्रमुख पदमा सन्तबहादुर गुरुङ(सन्तोष), फूलमायाँ गुरुङ, धनप्रसाद गुरुङ, पुष्कर गुरुङ र एलिजा गुरुङ तथा उपप्रमुखहरुमा विश्वकुमार गुरुङ, सुजाता गुरुङ र राममायाँ गुरुङको नाम सिफारिस गरी पठाएको छ ।
त्यस्तै चुमनुब्री गाउँ कार्यसमितिबाट प्रमुखमा धनबहादुर गुरुङ, छेवाङ ग्याल्जेन लामा, सूर्यबहादुर गुरुङ, दिपेन्द्र गुरुङ र बाङचुक राप्तेन लामाको नाम आएको छ । उप्रमुखहरुमा जोनिसा गुरुङ र मेतोक छुकी लामाको नाम सिफारिस भई आएको सहसचिव लामिछानेले बताए ।
त्यस्तै आरुघाट गाउँ कार्यसमितिबाट अध्यक्षका लागि राजु गुरुङ, ईश्वर अधिकारी, गंगाप्रसाद अधिकारी र ज्ञानप्रसाद श्रेष्ठ तथा उपप्रमुखमा कल्पना नेपाली, सोविता परियार, संगीता सुर्खेती, पूर्णकुमारी गुरुङ, विपसा गुरुङ, सत्यदेवी अधिकारी र गोमा ढकालको नाम जिल्लामा प्राप्त भएको छ ।
त्यस्तै भीमसेन थापा गाउँ कार्यसमितिबाट प्रमुखको पदमा ठाकुरप्रसाद भट्ट, तारा पुडासैनी, रोशन गुरुङ, कृष्णबहादुर बानियाँ, लिलानाथ लामिछाने विदेश नराल, मुक्ति ढकाल, भरत भट्ट र विनु वाग्लेको नाम सिफारिस भएको छ । उपाध्यक्ष पदका लागि विनु लामिछाने, सरिता भट्ट केसी, अमृता वस्ती, शोमा वस्ताकोटी, इन्द्रकुमारी तिवारी र शोभा खनाल भट्टको नाम सिफारिस भई आएको छ ।
त्यस्तै शहिद लखन गाउँ कार्यसमितिबाट अध्यक्ष पदका लागि काशीनाथ अम्गार्इँ, नारायणप्रसाद लामिछाने, कृष्ण आले, कमला लामिछाने, खुनप्रसाद रेग्मी, शरण श्रेष्ठ, जनार्दन अर्याल, जानुका अधिकारी र उमेशराज वाग्लेको नाम सिफारिस भई आएको छ । उपाध्यक्षमा सर्मिला श्रेष्ठ, टिका श्रेष्ठ, कविता ढकालको नाम सिफारिस भई आएको छ ।
त्यस्तै गण्डकी गाउँ कार्यसमितिले अध्यक्ष पदका लागि होमबहादुर राना, तुलाराम दाहाल, दिनेश पन्त, जानुका पन्त, ध्रुवप्रसाद खनाल, श्यामप्रसाद लामिछाने, भिमप्रसाद अर्यालको नाम सिफारिस गरी पठाएको छ । उपाध्यक्षका लागि ललिता अधिकारी र रजनी मियाँले मनाेनयन गरेकाे बताइएकाे छ ।
