• शनिबार, साउन १६ २०८३

देउवाले कांग्रेस गण्डकी सभापतिसहित कास्कीका नेताहरूलाई काठमाडौं बोलाए


मंगलबार, बैशाख ६ २०७९
765
Shares

PM Deuba addressing a programme in Kathmandu, on Tuesday, October 17, 2017. Photo: RSS

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले गण्डकी प्रदेश र कास्कीका सभापतिसहितका नेताहरुलाई काठमाडौं बोलाएका छन्।

देउवाले बोलाएपछि गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, कास्की सभापति किशोर दत्त बराल र नेता यज्ञबहादुर थापा काठमाडौं आउँदैछन् । चितवन सभापति राजेश्वर खनाल भने हिजैदेखि काठमाडौंमै छलफलमा छन्।

स्थानीय तह निर्वाचनमा तालमेलका लागि अन्य महानगरमा सहमति जुटे पनि पोखराका कारण सत्ता गठबन्धनको सोमबारको बैठक अनिर्णीत बनेको थियो ।

गत निर्वाचनमा एमालेले जितेको पोखरा महानगरपालिका कांग्रेस र एकीकृत समाजवादी दुवैले दाबी गर्दा गठबन्धनको भागबन्डा टुंगो लाग्न नसकेको हो । यही विषयलाई टुंग्याउन देउवाले पोखरा र कास्कीका नेताहरुलाई काठमाडौं बोलाएका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार