
गोरखा। जनता समाजवादी पार्टीका केन्द्रिय नेताहरु आज बैशाख ६ गते गोरखा आउने भएका छन् ।
गोरखा सदरमुकामको हरमटारी खेलमैदानमा हुने जनता समाजवादी पार्टीको जनसभामा सहभागी हुन संघिय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराई सहितका नेताहरु गोरखा आउने जिल्ला सचिव बिपिनचन्द्र ढकालले बताए ।
जसपा अध्यक्ष उपेन्द्र यादब, बरिष्ठ नेता अशोक राई लगायतले सभालाई संवोधन गर्ने बताइएको छ ।
सभामा पाँच हजार भन्दाबढि मानिसको उपस्थिती रहने जिल्ला सचिव ढकालले बताए । एक सय ५७ वटा बस कार्यकार्ता सदरमुकाम ल्याउनमा जसपाले परिचालन गरेको जनाएको छ ।
