• शनिबार, साउन १६ २०८३

निर्वाचन आचारसंहिता पालना गर्न गोरखाका राजनैतिक दलले जनाए सामुहिक प्रतिबद्धता


सोमबार, बैशाख ५ २०७९
870
Shares

गोरखा। आगामी बैशाख ३० गते हुने स्थानिय तहकाे निर्बाचन आचारसंहिता पालना गर्न गोरखाका सबै राजनैतिक दलले संयुक्त रुपमा लिखित प्रतिबद्धता व्यक्त गरेका छन् ।

जिल्ला निर्वाचन कार्यालय गोरखाकाे आयाेजनामा भएकाे एक कार्यक्रमका वीच गोरखाका दलले आचार संहिता पालना गर्न प्रतिवद्ध रहेकाे भन्दै लिखित प्रतिवद्धता जनाएका हुन् ।

जिल्ला निर्वाचन अधिकृत एव‌ं जिल्ला न्यायाधीश दिनबन्धु बरालको अध्यक्षतामा सोमबार सदरमुकाममा भएको निर्वाचन आचारसंहिता कार्यन्वयन, परिपालनामा सरोकारवालाको भुमिका बिषयक अन्तरकृया कार्यक्रममा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी, नेकपा एकिकृत समाजवादी लगायतका दलले निर्वाचन आयाेगले तयार गरेकाे आचार संहिता पालना गर्ने प्रतिवद्धता ब्यक्त गरेका हुन् ।

आचार संहिता परिपालना गर्न प्रतिवद्ध रहेकाे भन्दै नेपाली काँग्रेसका जिल्ला सचिव कृष्ण आले, नेकपा एमालेका सचिव काजीराम राेका, नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य लाेक प्रसाद बञ्जरा, जनता समाजवादीका सचिव विपिचन्द्र ढकाल, नेकपा एसका अध्यक्ष यादव बस्नेत लगायतले हस्ताक्षर गरेकाे जिल्ला निर्वाचन कार्यालय गोरखाका प्रमुख टेक बहादुर काेइरालाले जानकारी दिए ।

कार्यक्रममा जिल्लामा कृयाशिल राजनैतिक दलका प्रतिनिधीसंगै जिल्ला समन्वय समितीका प्रमुख अशाेक कुमार गुरुङ्ग, गोरखा नगरपालिकाका मेयर राजनराज पन्त, शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापा, सिरानचाेक गाउँपालिकाका अध्यक्ष राजु गुरुङ, अजिरकाेटका अध्यक्ष फणिन्द्र धिताल, आरुघाटका अध्यक्ष पूर्ण दाहाल, गण्डकीका अध्यक्ष हाेमबहादुर राना, बारपाक सुलिकाेटका उपाध्यक्ष सनमाया गुरुङ, प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्य लगायतकाे समेत उपस्थिती रहेकाे थियाे ।

कार्यक्रममा सहभागी राजनीतिक दल, जनप्रतिनिधी, नागरिक समाज संघसंस्थाका प्रतिनिधी, पत्रकार लगायतले समेत जिल्लामा निर्वाचनलाई भयरहित र निष्पक्ष बनाउन र आचार संहिता कार्यान्वयनमा भुमिका खेल्ने प्रतिवद्धता ब्यक्त गरेकाे कार्यालयका प्रमुख काेइरालाले बताए ।

कार्यक्रममा सहभागीहरुले निर्वाचनसंग सम्बन्धित बिभिन्न जिज्ञासा राखेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार