
गोरखा । गाेरखा नगरपालिकामा नेपाल तरुण दलकाे प्रशिक्षण सम्पन्न भएकाे छ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल गोरखा नगर समितिले पार्टी कार्यालयमा प्रशिक्षण कार्यक्रम गरेको हाे । तरुण दलका नगर सभापति दिपक थापाको अध्यक्षतामा भएकाे कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डेको प्रमुख आथित्यतामा रहेकाे थियाे ।

कार्यक्रमलाई सम्बाेधन गर्दै काँग्रेसका केन्द्रिय सदस्य पाण्डेले आसन्न स्थानीय निर्वाचन मार्फत पार्टीका हरेक उम्मेदवारलाई विजयी गराउने अभियानमा लाग्न निर्देशन दिएका छन् । तरुण दलका पूर्व केन्द्रिय महामन्त्री समेत रहेका पाण्डेले काँग्रेसलाई जिताउन युवाहरुकाे भुमिका अग्रपंतीमा रहने समेत जिकिर गरे ।
निर्वाचनलाई भयरहित र निष्पक्ष तरिकाबाट सम्पन्न गर्न युवाकाे भुमिका महत्वपूर्ण रहने बताउदै उनले अब युवाहरुलाई समेत संसदीय प्रकृयामा स्थान दिइनुपर्नेमा जाेड दिए ।

कार्यक्रममा कांग्रेसकी पूर्व केन्द्रिय सदस्य कमला पन्तले भातृ संगठनहरुकाे बलमा काँग्रेस याे स्थानमा पुगेकाे बताइन् । कार्यक्रममा नेविसंघ पूर्व उपसभापति प्रमोदहरी गुरागाँईले प्रशिक्षण गराएका थिए।
कार्यक्रममा नेपाली कांग्रेसका गण्डकी प्रदेश महामन्त्री किरणबाबु श्रेष्ठ, जिल्ला समिति सचिव किशोरजंग थापा, महासमिति सदस्य राजनराज पन्त, नेपाली कांग्रेस प्रदेश सदस्य बिनाकुमारी श्रेष्ठ, तरुण दलका जिल्ला अध्यक्ष आनन्द गुरुङ (काजी), तरुण दल गोरखाका संस्थापक अध्यक्ष विश्वदेव श्रेष्ठ लगायतले प्रशिक्षणमुलक मन्तब्य राखेकाे तरुण दलका नगरसचिव सुदिप थापाले जानकारी दिए ।
प्रशिक्षण कार्यक्रममा गोरखा नगरपालिका क्षेत्रका करिब ३ सय भन्दा बढि युवाहरुकाे सहभागीता रहेकाे तरुण दल गोरखाले जनाएकाे छ ।
