• मंगलबार, भाद्र ३० २०८३

उत्कृष्ट गीत रचना गर्नेलाई कांग्रेसले २ लाख ७५ हजार पुरस्कार दिने।


आइतबार, बैशाख ४ २०७९
790
Shares

नेपाली कांग्रेसले आगामी स्थानीय तह निर्वाचनलक्षित पार्टीका लागि उत्कृष्ट गीत रचना गर्नेलाई पुरस्कारको घोषणा गरेको छ ।

प्रवक्ता डा. प्रकाश शरण महत नेतृत्वको स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समिति अन्तर्गत सांस्कृतिक समन्वय उपसमितिले शुक्रबार विज्ञप्ति जारी गरेर उत्कृष्ट गीत बनाउनेलाई दुई लाख ७५ हजार रुपैयाँ पुरुस्कार दिने घोषणा गरेको हो ।

गीतलाई नेपाली कांग्रेस केन्द्रीय प्रचार–प्रसार सांस्कृतिक समन्वय उपसमितिको फेसबुक म्यासेन्जरमा लिङ्कमा पठाउन सकिने उपसमिति संयोजक डी.बी. गुरुङले जानकारी दिएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार