• शनिबार, साउन १६ २०८३

निर्वाचनमा बालबालिकालाई प्रयोग नगर्न सुझाव 


शुक्रबार, बैशाख २ २०७९
1K
Shares

काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनमा बालबालिकालाई प्रयोग नगर्न सचेत गराइएको छ ।

काठमाडौंमा आयोजित राजनीतिक दलका प्रतिनिधि र बालबालिकासँगको अन्तरसंवाद कार्यक्रममा निर्वाचनमा बालबालिकालाई प्रयोग गर्न नहुनेमा जोड दिइएको हो । कार्यक्रममा विभिन्न बालक्लबका बालबालिका र राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति थियो ।

बालबालिकाले आफूहरूलाई राजनीतिक प्रचारमा प्रयोग नगर्न र घोषणापत्रमा बालबालिकाका विषयहरू समावेश गर्न अनुरोध गरेका थिए । उनीहरूले लिखित रूपमा सुझावहरू दिएका थिए ।

राजनीतिक दलका प्रतिनिधिहरूले बालबालिकाले उठाएका माग र सुझावहरूलाई आ–आफ्नो राजनीतिक दलको घोषणापत्रमा राख्ने प्रतिबद्धता जनाएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार