• शनिबार, साउन १६ २०८३

स्थानीय निर्वाचनमा ४० प्रतिशत युवालाई उम्मेदवार बनाउनुपर्छ : सुरेन्द्र बस्नेत


शुक्रबार, बैशाख २ २०७९
660
Shares

This image has an empty alt attribute; its file name is new-year-shubhakamana-2079.gif

काठमाडौं । राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले आसन्न स्थानीय तहको निर्वाचनमा ४० प्रतिशत युवालाई उम्मेदवार बनाउन सबै राजनीतिक दललाई आग्रह गरेका छन् । युवाहरूको सार्थक र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरेमात्र मुलुकले समृद्धिको मार्ग पहिल्याउन सक्ने बस्नेतको धारणा छ ।

परिषदको तर्फबाट जारी गरिएको नव वर्ष २०७९ को शुभकामना विज्ञप्तिमा बस्नेतले भनेका छन्, ‘आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा ४० प्रतिशत युवाहरुलाई उम्मेदवार बनाउन सबै राजनीतिक दलहरूलाई हार्दिक आह्वान गर्न चाहन्छौं ।’ राष्ट्रिय युवा नीति, २०७२ अनुसार नेपालमा १६ देखि ४० वर्ष सम्मका उमेर समूहलाई युवा भन्ने चलन छ । बस्नेतले त्यस्ता युवाले देशको कूल जनसंख्याको ४० प्रतिशत हिस्सा ओगटेको दावी गर्दै सोही अनुपातमा युवाहरूलाई उम्मेदवार बनाउन आग्रह गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार