• शनिबार, साउन १६ २०८३

गोरखा ६ र शहिद लखन ८ मा कांग्रेसको पार्टी कार्यालय स्थापना


शुक्रबार, बैशाख २ २०७९
1.5K
Shares

गोरखा । नेपाली काँग्रेसले गोरखा नगरपालिका ६ र शहीदलखन गाउँपालिका ८ मा पार्टी कार्यालय स्थापना गरेकाे छ । नेपाली कांग्रेस गोरखाका सभापति नन्दप्रसाद न्यौपानेले बिहिवार दुबै वडाको पार्टी कार्यालय उद्घाटन गरेका हुन् ।

गोरखा नगरपालिका ६ का वडा सभापति अजितकुमार श्रेष्ठको अध्यक्षतामा कार्यक्रममा पार्टीका जिल्ला प्रवक्ता भगवानबाबु मास्के, सदस्य मिनादेवी श्रेष्ठ लगायतकाे सहभागीता रहेकाे थियो ।

त्षस्तै शहीद लखन ८ का वडा सभापति इन्द्रराज ढकालको अध्यक्षतामा भएको कार्यक्रममा जिसस उपप्रमुख जानुका अधिकारी, नेपाली कांग्रेस क्षेत्र नम्बर १ का सह सचिव बिमल रम्तेल, क्षेत्रिय सचिव एवं वडा अध्यक्ष शरण श्रेष्ठ, प्रदेस सचिव भरत रेग्मी, गाउँपालिका सभापति काशिनाथ अम्गाई, क्षेत्रिय सभापति नारायणप्रसाद लामिछाने लगायतले मन्तब्य राखेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार