
गोरखा। गोरखाको सहिद लखन गाउपालिकाको -८ को वडाअध्यक्षका लागि माओवादी केन्द्रबाट युवा नेता अमृत बाबु श्रेष्ठले दावी गरेका छन् ।
आउदो बैशाख ३० गते हुने स्थानीयतह निर्वाचनमा आफुले वडाअध्यक्षमा दावी गरेको नेता श्रेष्ठले जानकारी दिए । ‘समाजमा रहेका दुखि र गरिब बिपन्न समुदायको लागि सामाजिक परोपकारी भावनाले ओतप्रोत हुदै अहोरात्र आर्थिक, नैतिक, भौतिक सेवा गर्दै आएको छु’ श्रेष्ठले भने ।
आफ्नै गाउ घर र समाजको लागि सामाजिक रुपान्तरण, बिकास र परिबर्तन सङै राजनैतिक सेवा गर्दै दिन रात नभनि सेवा गदै आएको उनले बताए । उनका अनुसार आफुले पालिका भित्रको अवस्था राम्ररी बुझेको र आफुलाई वडा भित्र कसरी काम गर्दा समृद्ध बनाउन सकिने योजना समेत रहेको बताए ।
