• मंगलबार, भाद्र ३० २०८३

सूर्यबाट चुनाव लड्ने निर्णयपछि ४० पालिकामा कमल थापाको दाबी


बिहिबार, बैशाख १ २०७९
740
Shares

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले नेकपा एमालेसँगको तालमेलपछि ४० वटा पालिकामा दाबी गर्ने भएको छ।

बुधबार एमाले पार्टी कार्यालय थापाथलीमा दुई पार्टीबीच आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि पाँच बुँदे सहमति भएसँगै राप्रपा नेपालले ४० गाउँपालिकामा दाबी गरेको हो। 

राप्रपाको एकता महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि राजतन्त्रको एजेन्डा छाड्दै राप्रपा नेपाललाई सक्रिय गराएका थापाले यो स्थानीय निर्वाचनमा कुनै हालतमा टाउको उठाउने योजनासहित एमालेसँग तालमेल गरेका छन्। 

यस्तोमा राप्रपा नेपालले ४० गाउँ/नगरपालिकामा आफ्नो दाबी एमालेसँग राख्ने भएको हो।

राप्रपा महामन्त्री एवम् स्थानीय निकाय परिचालन विभाग प्रमुख सुशीलकुमार श्रेष्ठले तल्ला कमिटीबाट ४० वटा पालिकामा माग आएको बताएका छन्। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार