• मंगलबार, भाद्र ३० २०८३

नेपाली कांग्रेस प्रवक्ता भन्छन् : ओलीले ठूला कुरा मात्रै गरे, जनताले भोट दिँदैनन्


मंगलबार, चैत्र २९ २०७८
600
Shares

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले यो पटक जनताले नेकपा एमालेलाई भोट नदिने बताएका छन्। 

फागुन २९ देखि जारी एक महिने ‘घर घर जाऊँ, कांग्रेस जिताऊँ’ अभियान समापनबारे पत्रकार सम्मेलनका क्रममा उनले यस्तो बताएका हुन्। 

‘एमालेलाई किन मत दिने भन्ने कुरा हामीले जनतामा राख्न सकेका छौँ। फेरि विश्वास एमालेलाई दिएर समृद्धि र रुपान्तरणको आकांक्षा जनता छैनन्’, उनले भने, ‘ओलीजीको नेतृत्वमा बनेको सरकारले कोभिडकालमा ठूलो घोटाला गरेको थियो। ओलीले पाँच वर्षमा काम गरेनन्, गफमात्रै गरे। महामारीमा पनि फाइदा लिन खोजेको थियो।’ 

महतले अर्थतन्त्र नबिग्रिएको पनि बताए। ‘अर्थतन्त्र बिग्रिएको छैन’, उनले भने, ‘भ्रम छर्ने काम भएको छ।’ उनले गठबन्धन स्थानीय कमिटीकै निर्णयका आधारमा हुने पनि बताए। ‘कतिपय साथीहरुलाई भ्रम परेको छ। केन्द्रले नै यसो भनिदिने हो कि भन्ने भएको छ’, उनले भने, ‘गठबन्धन स्थानीय आवश्यकता अनुसार नै हुन्छ।’ 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार