
गोरखा । गोरखाको शहिद लखन गाउँपालिकामा अध्यक्षका लागि नेपाली कांग्रेसबाट ९ जनाले उम्मेदवारी दिने घोषणा गरेका छन् । गाउँपालिका स्थित पार्टी कार्यालयमा २२ गते भएको भेलामा ९ जनाले अध्यक्षमा दावी गरेको वडा न. ७ को वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार अध्यक्षमा उनी सहित क्षेत्र नम्बर १ का सभापति नारायण लामिछाने, क्षेत्र नम्बर १ (क) का सभापति खुनप्रसाद रेग्मी, क्षेत्र नम्बर १ को सचिव, पार्टी जिल्ला सचिव कृण्णबहादुर आले तथा वडा न. ८ को वडाध्यक्ष काशिनाथ अंगाई, पूर्व महाधिवेशन प्रतिनिधी जनार्दन अर्यालले उम्मेद्वार दरखास्त फाराम पेश गरेका छन् ।
त्यस्तै गरी जिल्ला समन्वय समितिका उप प्रमुख तथा महाधिवेशन प्रतिनिधी जनुका अधिकारी र राजधानी बसेर क्याम्पमा प्राध्यापन गराउदै आएका उमेशराज वाग्ले समेत अध्यक्षका आकांक्षी रहेका छन् । उपाध्यक्षमा महाधिवेशन प्रतिनिधी सर्मिला श्रेष्ठ र जिल्ला पार्टी सदस्य रहेका टिका श्रेष्ठ र कबिता ढकालले दावी गरेको उनले बताए ।


