• मंगलबार, भाद्र ३० २०८३

२८ जिल्लाको मतपत्र छपाइ सकियो, सिडिओलाई आचारसंहिता अनुगमनको जिम्मेवारी


मंगलबार, चैत्र २९ २०७८
645
Shares

आगामी वैशाख ३० शुक्रबार हुने स्थानीय तह निर्वाचनका सिलसिलामा हालसम्म २८ जिल्लाका लागि ४५ लाख २२ हजार मतपत्र छपाइ भइसकेको छ । निर्वाचन आयोगद्वारा सोमबार आयोजित नियमित पत्रकार भेटमा मुलुकका ७ सय ५३ निर्वाचन अधिकृतले पाउने गरी एक–एकप्रति मतदाता नामावली पठाउने कार्य भइसकेकोसमेत जानकारी दिइयो ।

निर्वाचन आयोगले केन्द्रबाट खरिद गर्नुपर्ने ३८ प्रकारका निर्वाचन सामग्रीमध्ये ३४ प्रकारका सामग्री प्राप्त भई भण्डारण भइसकेको तथा बाँकी सामग्री आउने क्रममा रहेको आयोगका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिए । मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालय स्थापना नभएसम्मका लागि स्थानीय तह निर्वाचन आचारसंहिता कार्यान्वयन भए नभएको अनुगमन गर्ने जिम्मेवारी गृह मन्त्रालयमार्फत सबै जिल्लाको प्रमुख जिल्ला अधिकारीलाई दिइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार