• मंगलबार, भाद्र ३० २०८३

प्रचण्डको गृह जिल्ला चितवनमा राप्रपाको घरदैलो अभियान चलाउँदै रेखा थापा


सोमबार, चैत्र २८ २०७८
700
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टीले आज (सोमबार) देखि स्थानीय तहको निर्वाचनलक्षित देशव्यापी घरदैलो अभियान थालेको छ । पार्टीले देशका सबै ७७ जिल्लामै कोणसभा गरेर चुनावी घरदैलो अभियान थाल्दैछ ।

त्यही क्रममा उक्त पार्टीकी केन्द्रीय सदस्य एवम् नायिका रेखा थापा निर्वाचनलक्षित घरदैलो कार्यक्रम लिएर चितवन पुगेकी छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृह जिल्ला चितवनको कालिकास्थान नगरपालिका-८ मा उनी बिहानैदेखि घरदैलोमा खटिएकी छन् ।

‘तपाई हाम्रो अबको प्रतिनिधि भन्दै दिदीबहिनीहरु अभियानमा आउनु भयो’, रेखाले भनिन्, ‘म पनि भावुक भएँ, हाम्रो काँधमा धेरै जिम्मेवारी आएको छ ।’ उनले अब आफूहरु पछि नहट्ने पनि बताइन् । ‘हामी स्वार्थको राजनीति गर्दैनौं । हाम्रो स्वार्थ भनेको नै जनताको सेवा हो,’ उनले भनिन् । रेखाले राप्रपामा प्रवेश गर्नेको लर्को लागेको पनि बताइन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार