• शनिबार, साउन १६ २०८३

कांग्रेसमा उम्मेदवारी सिफारिस गर्दा कुनै रकम नलिन निर्देशन


सोमबार, चैत्र २८ २०७८
700
Shares

नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनका विभिन्न पदका लागि उम्मेदवारको सिफारिस गर्दा पार्टीको विधानबमोजिम बाहेक अन्य कुनै पनि रकम नलिन निर्देशन जारी गरेको छ ।

काँग्रेसले आज सबै जिल्ला कार्यसमितिलाई एक सर्कुलर जारी गर्दै विधानबमोजिम पार्टीको क्रियाशील सदस्यता, लाभको पदमा रहेको पार्टी सदस्यले पार्टीलाई बुझाउनु पर्ने सदस्यता शुल्क तथा सहयोग रकम (लेवी) बाहेक अन्य कुनै पनि रकम लिन/उठाउन नमिल्ने व्यवस्था रहेको स्पष्ट पारेको छ ।

सो व्यवस्था विपरीत केही जिल्लाअन्तर्गत मातहतका पार्टी निकायबाट उम्मेदवारको सिफारिस गर्दा नगद रकम माग गरिएको भन्ने जानकारी आएपछि सो सर्कुलर गरिएको पार्टी कार्यालय मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

साथै पार्टीले विभिन्न पदीय जिम्मेवारी र लाभको पदमा रहेका पार्टी सदस्यबाट विधान तथा नियामावलीबमोजिम सम्बन्धित पार्टी निकायले लिनुपर्ने सदस्यता शुल्क तथा सहयोग रकम लिन/उठाउन बाँकी भए त्यस्तो रकम तत्काल उठाउन जानकारीसमेत गराएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार