• शनिबार, साउन १६ २०८३

सुरेन्द्र श्रेष्ठकाे नेतृत्वमा बन्याे गोरखा ६ मा ३० सदस्यिय तरुण दल


सोमबार, चैत्र २८ २०७८
995
Shares

गोरखा । गोरखा नगरपालिका वडा नम्बर ६ मा नेपाल तरुण दल गठन भएकाे छ । साेमबार नेपाली काँग्रेस गोरखाकाे पार्टी कार्यालय तिनधारेमा भएकाे युवाहरुकाे भेलाबाट तरुण दलकाे वडा कमिटी गठन भएकाे हाे । जसकाे अध्यक्षमा सुरेन्द्र श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।

त्यस्तै उपाध्यक्षमा निर्मल श्रेष्ठ, अर्जुन सिर्मल, सचिवमा शिवराम भुषाल, सञ्जाेक मास्के, काेषाध्यक्ष निर्मला परियार, सहसचिव राजकुमार कुवँर र विशाल थापा चयन भएका छन् । नयाँ बनेकाे समितीकाे सहकाेषाध्यक्ष पद भने मनाेनित गर्न बाँकी रहेकाे बताइएकाे छ । त्यस्तै समितीमा २१ जना सदस्य रहेका छन् ।

कार्यक्रममा नेपाल तरुण दल गोरखा जिल्ला अध्यक्ष आनन्द गुरुङ (काजी), नगरअध्यक्ष दिपक थापा, पार्टीका जिल्ला कार्यसमिती सदस्य मिनादेवी श्रेष्ठ, वडासभापति अजित कुमार श्रेष्ठ लगायतले सम्बाेधन गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार