गोरखा । नेपाल रेडक्रश साेसाइटी बुंकाेट उपशाखाकाे छैटाैं अधिवेशन तथा अठाराैं साधारणसभा सम्पन्न भएकाे छ । शहिद लखन गाउँपालिका ७ मा भएकाे अधिवशेनले इन्द्रराज ढकालकाे नेतृत्वमा कार्यसमिती चयन गर्दै अधिवेशन सकिएकाे हाे ।
जसकाे महिला उपसभापतिमा सजिता श्रेष्ठ, सचिवमा राजेश श्रेष्ठ र काेषाध्यक्षमा विभा राना मगर सर्वसम्मत चयन भएका छन् ।
अधिवेशनले उपसचिवमा नारायण कुमार श्रेष्ठ, उपकाेषाध्यक्षमा नेत्र बहादुर खनाललाई चयन गरेकाे बताईएकाे छ । त्यस्तै अधिवेशनबाट उपशाखाकाे सदस्यहरुमा विष्णुमाया थापा मगर, काशीनाथ अम्गाई, सम्झना श्रेष्ठ, दिपक कुमार श्रेष्ठ र लाेक कुमारी पाेखरेललाई चयन गरेकाे छ ।
उपशाखाका सभापित मदन लम्सालकाे अध्यक्षतामा भएकाे अधिवेशनमा रेडक्रश साेसाइटी गाेरखा जिल्ला शाखाका सभापति यदुविलाश भट्टराईकाे प्रमुख आतिथ्यता रहेकाे थियाे ।
कार्यक्रममा शहिद लखन गाउँपालिका ७ का वडाध्यक्ष शरण श्रेष्ठ, ८ का वडाध्यक्ष काशिना अम्गाई, ९ का वडाध्यक्ष राम प्रसाद लामिछाने लगायतकाे सहभागिता रहेकाे थियाे ।