• शनिबार, साउन १६ २०८३

नेकपा एकीकृत समाजवादीले बैशाख ८ भित्र उम्मेदवारको टुंगो लगाउने


आइतबार, चैत्र २७ २०७८
525
Shares

नेकपा एकीकृत समाजवादीले आगामी बैशाख ८ गतेभित्र उम्मेदवारको अन्तिम टुंगो लगाउने भएको छ।

शनिबार र आइतबार बसेको केन्द्रीय सचिवालयको बैठकले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको टुंगो बैशाख ८ भित्र लगाउने गरी कार्यातालिका बनाएको छ। यस्तै समाजवादीले निर्वाचन घोषणा पत्र–२०७८ पारित गरेको छ । आगामी स्थानीय निर्वाचनका लागि पार्टीको तर्फबाट उम्मेदवारको सिफारिस एवं छनोटका लागि मादण्ड तय गरेको छ ।

उम्मेदवार बन्न पार्टी नीति र कार्यक्रमप्रति प्रतिबद्ध रहेको, पार्टीमा योगदान गरेको र विद्रोहमा भूमिका खेलेको, पार्टीप्रतिको निष्ठा र अनुशासनमा दृढ, आर्थिक एवं नैतिक आचरण राम्रो रहेको हुनुपर्नेछ । यस्तै, जनतामा स्थापित एवं लोकप्रिय, स्वच्छ छवी भएको र सुशासनको पक्षपाति, कार्यक्षमता राम्रो भएको र समावेशीतालाई ध्यान दिने मापदण्ड बनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार