
गोरखा । आफ्नाे पाँच बर्षे कार्यकालमा वडाभित्र सञ्चालन भएका याेजना तथा कार्यक्रमलाई सफल बनाउन भुमिका खेलेकाे भन्दै शहिद लखन गाउँपालीका वडा-७ ले करिब डेढ सय जनालाई सम्मान गरेकाे छ ।
जनप्रतिनिधीको जिम्बेवारी सम्हाले पश्चात् हालसम्म वडाको नीतिगत निर्णय, समग्र बिकास निर्माण, सामाजिक-आर्थिक बिकास, सुचना-प्रवाह, बिभिन्न गतिबिधीहरुमा सहकार्य, समन्वय, सहजिकरण, सदभाव र वडाको बिभिन्न कार्यक्रमहरुमा सहयोगी भुमिका खेलेका सरकारी कार्यालय, गैरसरकारी संघसंस्था तथा ब्यक्तिहरुलाई एक कार्यक्रमकाविच कदर-पत्र प्रदान गर्दै सम्मान गरिएकाे वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिए।



सम्मानित हुनेमा विभिन्न राजनितीक दलका ५ जना, वडा-७ मा कार्यरत कर्मचारी-७ जना, बुङकोट स्वास्थ्य चौकीका कर्मचारी-८ जना, वडा भित्रका समुदायीक बिधालयका ब्यवस्थापन समितीका अध्यक्ष-४ जना, सामुदायीक बिधालयका प्र.अ-४ जना, निजि बिधालय-१ जना, शिक्षक-१ जना, वडा भित्रका टोल बिकास संस्थाका-३० जना, वडा भित्रका बुद्धिजिवी, समाजसेवी-२५ जना, वडाको बिबिध कार्यक्रम सहयोग गर्नु हुने-१८ जना, नेपाल रेडक्रस बुङकोट शाखा-१ जना, वडा भित्रका स्वास्थ्य स्वयमसेवीका (५ जना-१ जना नि.वर्तमान) लाई सम्मान पत्र तथा कदर-पत्र प्रदान गरिएकाे वडाध्यक्ष श्रेष्ठले बताए ।



त्यसैगरी कोभिड १९ आपतकालीन कोषका बुङकोट वाट ९ जना,बुङकोट प्रहरी चौकीका १ जना, खानेपानी तथा सरसफाई उपभोत्ता समिती तर्फ ६ जना, सामुदायीक बन तर्फ-७ जना, सहकारी तर्फ-४ जना, खेलकुद तर्फ-४ जना, वडा भित्रको सबै भन्दा जेष्ठ तर्फ पुरुष-१ जना, महिला-१ जना, बिधुत प्राबिधिक तर्फ-१ जना र सामुदायिक सिकाई केन्द्र तर्फ-१ जना लाई समेत सम्मान गरिएकाे छ ।
शहिद लखन गाउँपालिका उपाध्यक्ष ईन्दिरा तिवारीकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा स्थानीयकाे उल्लेख्य सहभागिता रहेकाे थियाे ।
