
गोरखा । करिब सवा एक कराेड लगानीमा गोरखा नगरपालिका १२ काे वडा कार्यालय भवन निर्माण समपन्न भएकाे छ । वडाकाे आफ्नै भवन नहुदा भाडाकाे घरबाट सेवा प्रवाह गर्दै आएकाे साे वडामा १ कराेड १४ लाख ७५ हजार रुपैया लगानीमा कार्यालय भवन बनेकाे हाे ।
गोरखा नगरपालिकाबाट विनियाेजित ४० लाख, जिल्ला समन्वय समितीकाे ५० लाख र २४ लाख ७५ हजार वडागत बजेट लगानीबाट कार्यालय भवन बनेकाे वडाध्यक्ष डिलबहादुर थापाले बताए ।
डेढ राेपनी क्षेत्रफलमा बनेकाे सुविधासम्पन्न भवनकाे शुक्रबार एक कार्यक्रमका वीच गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले उद्घाटन गरेका हुन् ।



आठ काेठा र एक सभाहल सहित बनेकाे भवनमा सेवाग्राहीलाई सहज रुपमा सेवा दिन सकिने गरी संरचनाहरु बनेकाे बताइएकाे छ । भवन अपाङ्गमैत्रीका साथै बृद्धबृद्धामैत्री समेत रहेकाे र प्रयाप्त शाैचालय, खानेपानी, सेवाग्राहीलाई बस्ने ठाउँ लगायतकाे सुविधा रहेकाे वडाध्यक्ष थापाले जानकारी दिए ।
भवन उद्घाटन गर्दै मेयर पन्तले गोरखा नगरपालिकामा विकासकाे लहर आएकाे बताएका छन् । आफ्नाे पाँच बर्षे कार्यकालमा सिमित स्राेत साधनका बाबजुद पनि नगरवासीकाे धेरै आवस्यकता पुरा हुने गरी काम भएकाे उनकाे दावी छ ।



‘हामी निर्वाचित भएर आउँदा हामीसंग स्राेत साधन र जनशक्ती कम तर जनताका आवस्यकता धेरै थियाे’ मेयर पन्तले भने ‘तर आज पाँच बर्षलाई फर्केर हेर्दा नगरका १४ वटै वडामा विकासकाे लहर आएकाे छ, जनताका धेरै आवस्कयता पूरा भएका छन् तर केहि अझै अधुरा छन्, त्यसलाई हामी पूरा गरेरै छाेड्छाै ।’
पाँच बर्षमा जनताका आधारभुत आवस्यकताहरु शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, विधुत, सडक, बाटोहरुकाे उल्लेख्य विकास भएकाे भन्दै उनले बजेट अभावका कारण आफ्ना केहि प्रतिवद्धताहरु अझै अधुरै रहेकाे बताएका छन् । वडा कार्यालयदेखि साामजिक, महिला भवनहरु, स्वास्थ्यचाैकी भवन, एतिहासिक तथा धार्मिक संरचनाहरु समेत पाँच बर्षमा प्रयाप्त बनेकाे उनकाे भनाई छ ।
पाँच बर्षे कार्यकाल सफल बनाउन नगरवासीले खेलेकाे भुमिकाकाे प्रशंसा गर्दै मेयर पन्तले आफु सधै जनताका आवस्यकता पूरा गर्न र हरेक समस्यामा नगरवासीसंगै सहकार्यमा रहने प्रतिवद्धता समेत ब्यक्त गरे ।


कार्यक्रममा वडा नम्बर १२ का एकल वृद्ध महिला, बृद्धबृद्धा, नगर तथा वडाकाे विकासका लागि बिभिन्न उपभाेक्ता समिती लगायतका रहेर भुमिका खेल्ने ब्यक्तिहरुलाई दाेसल्ला ओढाएर सम्मान समेत गरिएकाे थियाे।
कार्यक्रममा वडा नम्बर ४ का वडाध्यक्ष खाेपबहादुर अधिकारी, नेपाली काँग्रेसका शाेभनाथ संग्राैला, नेकपा माओवादी केन्द्रकी पुण्य कुमारी कुमाल, नेपाल पत्रका महासंघ गोरखाका उपाध्यक्ष नरेन्द्र ढकाल, स्थानीय ज्ञान प्रसाद ढकाल लगायतले बाेलेका थिए ।
