• शनिबार, साउन १६ २०८३

गोविन्द बन्दी कानुन मन्त्री नियुक्त, बडुलाई दिइयो वाणिज्य मन्त्रालयको जिम्मेवारी


बिहिबार, चैत्र २४ २०७८
785
Shares

गोविन्द बन्दी कानुन मन्त्री नियुक्त भएपछि दिलेन्द्रप्रसाद बडुलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिइएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार दिउँसो बन्दीलाई कानुन मन्त्री नियुक्त गर्दै यसअघि कानुन मन्त्रीको जिम्मेवारी सम्हालेका बडुलाई वाणिज्य मन्त्रालयको जिम्मेवारी दिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालनिकट बन्दीले पछिल्लो समय एमसिसी परियोजना पारित गर्दा १२ बुँदे व्याख्यात्मक घोषणा तयार पार्न महत्वपूर्ण भूमिका खेलेका थिए। त्यसअघि पनि उनले अहिलेको सरकार बन्ने बेलामा कानुनी परामर्शमा महत्वपूर्ण भूमिका खेलेका थिए।

सांसद नरहेका बन्दीलाई देउवाले ६ महिनाका लागि मन्त्री बनाउन लागेका हुन्। संविधानमा गैरसांसद ६ महिना मन्त्री बन्न सक्ने व्यवस्था छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार