• शनिबार, साउन १६ २०८३

गोरखा नगरपालिकाको मेयरमा कांग्रेसबाटै १० जनाको दावी


बिहिबार, चैत्र २४ २०७८
1.5K
Shares

This image has an empty alt attribute; its file name is cafe-de-chautari-1.gif

गोरखा। गोरखा नगरपालिकामा मेयरका लागि नेपाली कांग्रेसबाट १० जना उम्मेदवारी दिने घोषणा गरेका छन् । गोरखा स्थित पार्टी कार्यालयमा आकांक्षीहरु भेला पार्दा आज १० जनाले मेयरमा दावी गरेका हुन् ।

This image has an empty alt attribute; its file name is bajaj-0-offer-1.gif

हालका मेयर राजनराज पन्त, जिल्ला उपसभापति इमानसिंह बस्नेत, जिल्ला सचिव किशोरजंग थापाले मेयरमा दावी गर्दै पार्टीको नगरसमितिमा उम्मेद्वार दरखास्त फाराम पेश गरेका छन् ।

हालका उपमेयर बिनाकुमारी श्रेष्ठ, गण्डकी प्रदेश सदस्य शोभा अधिकारी, महाधिवेशन प्रतिनिधि पूर्णबहादुर (ध्रुब) पन्त, जिल्ला सदस्य विश्वदेव श्रेष्ठ, बहालवाला वडा अध्यक्ष डिलबहादुर थापा, कांग्रेसका जिल्ला कार्य समितिका पूर्व कोषाध्यक्ष भुगोल थापा, गोरखा नगर कार्यपालिका सदस्य हरि गान्धारीले पनि दावीपत्र पेश गरेको नगरसमितिले जनाएको छ ।

उपमेयरका लागि मिनादेवी श्रेष्ठ, पुष्पा श्रेष्ठ, सरद श्रेष्ठ, गोमा दवाडी, मसलिमाया थोकर, पम्फा गान्धारी, रिता परियारले दावी गरेको नगर समितिले जनाएको छ । नगर समितिसमक्ष उनीहरुले उम्मेद्वार बन्नका लागि पत्र पेश गरेका हुन् । नगर समितिले सर्वसम्मत बनाउन प्रयास गर्ने र नटुङ्गिएमा जिल्लामा पठाउने नगर सभापति चन्दनबाबु खत्रीले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार