• शनिबार, साउन १६ २०८३

टिकटकमा एमालेकाे चुनाव प्रचार गरे एक लाख पुरस्कार, ओलीले गरे घोषणा


बुधबार, चैत्र २३ २०७८
740
Shares

काठमाडौं । नेकपा एमालेको साइबर सर्कलले करीब चार लाख राशीको राष्ट्रिय टिकटक प्रतियोगिता आयोजना गर्ने भएको छ ।

आगामी स्थानीय तहको चुनावलाई लक्षित गर्दै सोमबार एक कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले सो प्रतियोगिताको घोषणा गरेका हुन् ।

‘समृद्व नेपाल सुखी नेपाली’को राष्ट्रिय लक्ष्य पूरा गर्ने र स्थानीय निकायको चुनावमा एमालेलाई पहिलो पार्टीको रूपमा स्थापित गर्ने उद्देश्यले राष्ट्रिय युवा संघ नेपालको साइबर सर्कल विभागले टिकटक प्रतिस्पर्धाको आयोजना गर्न लागेको हो ।

नेकपा एमालेको विचार तथा सिद्धान्त झल्किने खालका आकर्षक टिकटक भिडियो बनाई नगद पुस्कार जित्न सकिने राष्ट्रिय युवा संघ नेपाल साइबर सर्कल विभागका प्रमुख मदन भण्डारीले जानकारी दिए । फायर नेपालबाटसाभार

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार