• मंगलबार, भाद्र ३० २०८३

पाँच दलीय गठबन्धनले ढिलो कुरा बुझ्छ : ओली


बुधबार, चैत्र २३ २०७८
765
Shares

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन स्वार्थको साँठगाँठले बनेको बताएका छन् ।

राजधानीमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनले आफ्नो स्वार्थका लागि जे पनि गर्न तयार हुने आरोप लगाए। उनले भने, ‘पाँच दलीय गठबन्धनले आफ्नो स्वार्थका लागि सम्पूर्ण चिज प्रयोग गर्छन् ।

मैले सरकारको नेतृत्व गर्दा प्रचण्ड, माधव नेपाल र झलनाथले आफ्नो स्वार्थ मात्रै हेरे । कसरी चलाएँ हुँला सरकार भन्नुस् त।’ उनले भने,‘चोभारमा सुखा बन्दरगाह बनाउन लाग्दा कांग्रेसले डिष्ट्रव गरेर शिलान्यास गर्न नै दिएन ।

बडो मुस्किलले शिलान्यास गर्न परेको थियो । बलजफ्ती शिलान्यास गरेँ । प्रधानमन्त्री शेरबहादुर देउवा हिजो उद्घाटन गरे । यति बेला आएर कुरा बुझ्नुभयो । अर्थात् पाँच दलीयले कुरा ढिलो बुझ्छ । हाम्रा मित्रहरु शिलान्यास गर्ने बेला कुरो बुझ्दैनन् । उद्घाटन गर्ने बेला कुरा बुझ्छन् र बत्ती बाल्न जान्छन् ।’

उनले भने, ‘यो सरकार तुरुन्तै ढलेन भने देश बर्बादितिर धकेलिन्छ । अहिले बैंकहरु लोन दिने अवस्थामा छैनन् । एमाले भोटको राजनीति होइन, देशको विकासका लागि राजनीति गर्छ ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार