• शनिबार, साउन १६ २०८३

नेपाली कांग्रेसको चुनावी प्रचार-प्रचार समितिमा पत्रकार पनि


बुधबार, चैत्र २३ २०७८
575
Shares

नेपाली कांग्रेसको स्थानीय तहको निर्वाचन केन्द्रित चुनावी प्रचार-प्रसार समितिमा पत्रकार पनि समेटिएका छन्।

मंगलबार ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा संयोजक प्रकाशशरण महतको सभापतित्वमा बसेको प्रचार-प्रसार समितिको बेठकले सो निर्णय गरेको हो।

आवश्यक परामर्श दिन वरिष्ठ पत्रकारहरू पनि सम्मिलित सल्लाहकार समूह गठन गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। साथै निर्वाचनमा सञ्चार माध्यमसँग समन्वय गर्न उपसमिति समेत गठन गरेको हो। 

सल्लाहकार समितिको संयोजकमा हरिहर विरही, अनलाइन मिडियाका संयोजक विष्णु निष्ठुरी, छापा माध्यमका संयोजक किरण पोखरेल, टेलिभिजनका संयोजक अनिता विन्दु र रेडियोका संयोजक गोपाल झा तोकिएका छन्। 

पार्टीलाई बहुमतले विजयी बनाउन सबै संरचनालाई प्रचार-प्रसारमा संलग्न गराउन निर्देशन समेत दिइएको छ। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार