
काठमाडौं । अभिनेता भुवन केसी स्वागत नेपाल नेतृत्वको उन्नत लोकतन्त्र पार्टीका तर्फबाट काठमाडौँ महानगरपालिकाको मेयर पदमा उठ्ने भएका छन् ।
पार्टीको मंगलबार साँझ काठमाडौँमा बसेको केन्द्रीय कार्य समितिको बैठकले केसीलाई उम्मेदवार चयन गर्ने निर्णय गरेको हो । यस्तै केसीलाई उन्नत लोकतन्त्र पार्टीको परराष्ट्र विभागको अध्यक्षको जिम्मेवारी पनि दिएको अध्यक्ष नेपालले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
उक्त पार्टीको तर्फबाट रेश्मा लामालाई काठमाडौँ महानगरपालिकाको उपमेयर पदको उम्मेदवार चयन गरिएको छ । उन्नत लोकतन्त्र पार्टीको चुनाव चिन्ह खुला किताब रहेको छ ।


