• शनिबार, साउन १६ २०८३

पृथ्वी नारायण खानेपानीको अध्यक्षमा खड्का चयन


मंगलबार, चैत्र २२ २०७८
505
Shares

गोरखा । पृथ्वी नारायण साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अधिबेसनमा सीता खड्का अध्यक्षमा चयन भएकी छन् ।

सदरमुकाममा भएको पाँचौँ अधिबेसनमा खड्कालाई चयन गरिएको हो । समितिको उपाध्यक्ष्माा शुरेसमान श्रेष्ठ, सचिव रामशरण आचार्य, कोषाध्यक्ष नविनकुमार श्रेष्ठ रहेका छन् ।

समितिको सदस्यमा रन्जिला श्रेष्ठ, काजिराम श्रेष्ठ, शरद श्रेष्ठ, खडानन्द भट्ट र सरस्वती पोख्रेल सर्वसम्मत निर्वाचित भएका निर्वाचन समितिका हरीहर दवाडीले बताए ।

शुक्रवारदेखि सुरु भएको अधिवेशन प्रतिनिधिका विषयमा बिवाद हुँदा सोमवार सम्मका लागि लम्बिएको थियो । पृथ्वीनारायण शाना सहरी खानेपानी उपभोक्ता समितिले गोरखा बजारका एक हजार दुई सय भन्दाबढि उपभोक्तालाई पानी बितरण गर्दै आएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार