• शनिबार, साउन १६ २०८३

गठबन्धन गर्दा महिला अधिकार सुनिश्चित हुनुपर्छ -उपसभामुख शर्मा


मंगलबार, चैत्र २२ २०७८
865
Shares

पोखरा । गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले स्थानीय निर्वाचनमा हुने जुनसुकै गठवन्धनमा महिला अधिकार सुनिश्चित हुनु पर्ने बताएकी छन् ।

राष्ट्रिय महिला आयोगद्धारा आज पोखरामा आयोजित प्रदेश स्तरीय महिलाको नीतिगत तहमा पहुँज स्थापित गराउन राजनीतिक सहभागिता र सशक्तिाकरण बिषयक अन्तरकृया कार्यक्रममा उनले गठबन्धनका नाममा महिला अधिकार कुण्ठित हुन नहुने बताइन् ।

निर्वाचनमा गठबन्धन गर्ने पार्टी बीच प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्ष पदमा एकजना महिला हुनु पर्नेमा जोड दिंदै उपसभामुख शर्माले भनिन्, संवैधानिक हक अधिकारका लागि महिलाहरु संगठित पार्टीमा सशक्तरुपमा भूमिका खेल्नु पर्नेमा आवश्यकता औल्याइन् ।

विगतका निर्वाचनमा थैलिको मुख खोलर सहयोग गर्दै आएका महिलाहरुलाई यस पटकको निर्वाचनमा सेफ खोले सहयोग गर्न पुरुषहरुलाई आग्रह गर्दै उनले महिलाहरु आर्थिक, सामाजिक र राजनैतिक रुपमा सक्षम हुनु पर्नेमा जोड दिइन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार