• शनिबार, साउन १६ २०८३

माओवादीबाट निर्वाचित गाउँपालिका अध्यक्ष एमाले प्रवेश


सोमबार, चैत्र २१ २०७८
1K
Shares

नेकपा माओवादी केन्द्रबाट धादिङ बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटी नेकपा एमाले प्रवेश गरेका छन्।

सोमबार डल्लाकोटी ओली निवास बालकोटमा आयोजित एक कार्यक्रमका वीच एमाले प्रवेश गरेका छन् । 

२०७४ सालको स्थानीय निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित डल्लाकोटी एमाले अध्यक्ष केपी शर्मा ओलीसँग टिका लगाएर प्रवेश गरेका हुन्।

कुनै बेला एमाले पार्टीमा आवद्ध भई काम गरेका डल्लाकोटी पुनः एमालेमै प्रवेश गरेका हुन्। माओवादी प्रवेश गरेको १५ वर्षपछि एमालेमै फर्किएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार