• शनिबार, साउन १६ २०८३

बागलुङ एमालेमा ५५५५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन (विज्ञप्ति सहित)


सोमबार, चैत्र २१ २०७८
2.1K
Shares

बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि एमाले जिल्ला कमिटी बागलुङले ५५५५ सदस्यीय मुल निर्वाचन परिचालन कमिटी गठन गरेको छ । 

सोमबार बसेको एमाले बागलुङ जिल्ला कमिटीको दोस्रो बैठकले पार्टी अध्यक्ष हिराबहादुर केसीको संयोजकत्वमा स्थानीय निर्वाचनलाई व्यवस्थित रुपमा परिचालन गर्न निर्वाचन परिचालन कमिटी गठन गरेको अध्यक्ष केसीले जनाएका छन् ।

त्यस्तै बैठकले जिल्लाका १० वटै स्थानीय तह पालिकास्तरीय चुनावी प्रतिवद्धता तयार पार्न सचिव विष्णु भुसालको संयोजकत्वमा संयोजन समिति गठन गरेको छ ।

साथै स्थानीय तह निर्वाचन लक्षित प्रचारप्रसारका लागि ५०१ सदस्यीय प्रचार प्रसार समिति गठन गरेको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार