• शनिबार, साउन ९ २०८३

भारतमा १२ दिनमा १० पटक बढ्यो पेट्रोलियम पदार्थको मूल्य


आइतबार, चैत्र २० २०७८
1.1K
Shares

भारतमा १२ दिनमा १० पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि भारतमा पछिल्लो १२ दिनमा १० पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ।

अन्तर्राष्ट्रिय बजारमा पनि पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएकाले भारतमा पनि बढाउनुपरेको अधिकारीहरूले जनाएका छन्। 

पछिल्लो समय शनिबार प्रति लिटरमा ८० पैसाको दरले मूल्य वृद्धि भएको विवरण सार्वजनिक गरिएको छ।

पछिल्लो १२ दिनमा १० पटक मूल्य वृद्धि हुँदा पहिला भन्दा प्रतिलिटर ७.२० प्रतिशत मूल्य बढी भएको अधिकारीहरूले जानकारी दिएका छन्।

संघीय राजधानी नयाँ दिल्लीमा अहिले प्रतिलिटर पेट्रोलको मूल्य १०७.६१ भारतीय रुपैयाँ पुगेको छ। त्यसैगरी डिजेलको मूल्य प्रतिलिटर ९३.८७ भारतीय रुपैयाँ  छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार