• शनिबार, साउन १६ २०८३

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) शहीद लखन गाउँपालिकाको अध्यक्षमा श्रेष्ठ


शुक्रबार, चैत्र १८ २०७८
3.6K
Shares

गोरखा। अखिल नेपाल महिला संघ (क्रान्तिकारी) शहिद लखन गाउँपालिकाको अध्यक्षमा लिला श्रेष्ठ सर्वसम्मत चयन भएकी छन् ।

बिहिबार शहीद लखन गाउँपालिकामा सम्पन्न अनेमसंघको भेलाले श्रेष्ठको अध्यक्षतामा ४५ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो ।

जसको उपाध्यक्षमा सकुन थापामगर, तेजमाया गुरुङ, गिता परियार, सचिवमा संगिता थापा, सहसचिवमा शोभा श्रेष्ठ र कोषाअध्यक्षमा सरस्वती गैरेलाई चयन गरेको छ ।

पछि ६ सदस्य थप गर्ने गरि समिति गठन गरिएको अनेमसंघ क्रान्तिकारी शहीद लखन गाउँपालिकाकी उपाध्यक्ष इन्दिरा तिवारीले जानकारी दिए । भेलाको नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य तथा संघिय सांसद हरिराज अधिकारीले उद्घाटन गरेका थिए ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य अमर तमु , पार्टीका गण्डकी प्रदेश समितिका सदस्यहरु शोभा लामिछाने,कृष्ण चेपाङ, रमेशकुमार श्रेष्ठ, लगायतको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार