• मंगलबार, भाद्र ३० २०८३

प्रकाशमान सिंह भन्छन : गठबन्धन नमान्नेहरुले पार्टी छाडेर गए हुन्छ


शुक्रबार, चैत्र १८ २०७८
600
Shares

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी निर्णय मान्दिनँ भन्नेहरुले छाडेर जाँदा हुने बताएका छन्।

कांग्रेसमा बसेर पार्टी कमजोर बनाउनेहरु बस्नुभन्दा बाहिरिँदा राम्रो हुने उनले बताए । यसपटक चुनावमा कांग्रेस नेता कार्यकर्ताहरूले गर्ने कामको एक एक हिसाब राखिने पनि सिंहले बताएका छन्।

सिंहले गठबन्धन जनताले दिएको म्यान्डेट नभए पनि परिस्थितिले सृजना गरेर मुलुकको आवश्यकता भएको उनले बताए। संविधान जोगाउन पनि गठबन्धन कायमै राखेर चुनावमा जानुपर्ने बाध्यात्मक अवस्था रहेकाले चुनावसम्मै गठबन्धन रहने उनले बताए।

स्थानीय आवश्यकताका आधारमा गठबन्धन गरेर निर्वाचनमा जाने उनको तर्क थियो।पार्टीभित्रका केहीले क्रान्तिकारी बनेर गठबन्धनविरुद्ध बोल्दा जनतामा अनावश्यक भ्रम छर्ने काम गरेको उनले बताए।

पार्टीभित्र एकथरी समूह नियोजित रुपमा आफ्नो स्वार्थ पूरा नभएपछि चरित्रहत्या अभियानमा लागिरहेको पनि सिंहले बताए। सिंहले कम्युनिष्टहरू भरपर्दो र विश्वास गर्नलायक पार्टी नभएको पनि उनले बताएका छन्। मुलुकमा भ्रम छरेर जनतालाई पटक पटक अलमल्याउने काम मात्रै गरेको उनले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार