• शनिबार, साउन १६ २०८३

‘जेल ब्रेकर’ लाई भुमि आयाेग गोरखाकाे जिम्मा, अरु जिल्लामा काे काे ?


शुक्रबार, चैत्र १८ २०७८
1.2K
Shares

गोरखा । सरकारले गोरखासहित थप ४३ जिल्लामा राष्ट्रिय भूमि आयोगका अध्यक्ष नियुक्त गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुलाई नियुक्त गरेको हो ।

जसमा भूमि आयाेग गाेरखाकाे अध्यक्षमा कमला नहर्की नियुक्त भएकी छिन् । गोरखा नगरपालिका १४ घर भएकी उनि नेकपा माओवादी केन्द्रकी नेतृ हुन् ।

२०५७ चैत्र १७ मा तत्कालीन विद्रोही नेकपा माओवादीका कार्यकर्ताले गोरखा जेल ‘ब्रेक’ गर्दा ६ महिला कार्यकर्तामध्येकी एक थिइन्, नहर्की । उनी यसअघि गोरखा २ क प्रदेशसभाकी उम्मेदवार बनेर पराजित बनेकी थिइन् ।

आयाेगकाे गोरखा अध्यक्षमा यसअघि एमाले सरकारमा रहदा एमालेकै जिल्ला नेता सुरेन्द्र थापा थिए । गठबन्धन सरकार बनेपछि देशैभरका आयाेग सरकारले विघटन गरेकाे थियाे ।

यससंगै हिजाे मन्त्रिपरिषद् बैठकले ४३ जिल्लामा अध्यक्ष नियक्त गरेकाे हाे । जसमा गोरखासहित गण्डकीका ६ जिल्लामा अध्यक्ष नियुक्त गरेकाे छ । जसमा स्याँजामा शाेभाखर ढकाल, मनाङमा लक्ष्मी कुमारी लामा, पर्वतमा उदयराज सुवेदी, म्याग्दीमा देवेन्द्र कामी र मुस्ताङमा विसन कुर्जालाई अध्यक्ष नियुक्त गरिएकाे हाे ।

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठको उपस्थितीमा राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले आयोगका नवनियुक्त जिल्ला अध्यक्षलाई काठमाडौंमा बाेलाएर पद तथा गोपनियताको सपथ ग्रहण गराइएकाे छ ।

पुस २१ बसेको मन्त्रिपरिषद् बैठकले २८ जिल्लाका अध्यक्ष नियुक्त गर्ने निर्णय गरको थियो । तर, उनीहरुलाई नियुक्त गरेको सूचना ढिलो गरेर राजपत्रमा प्रकाशित गरिएको थियो । अझै ६ जिल्ला समितिको अध्यक्ष नियुक्त गर्न भने बाँकी नै छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार