• शनिबार, साउन १६ २०८३

गोरखाबाट सुरु भयो शान्ति समाजको देशव्यापी अभियान, यस्तो छ सन्देश


बिहिबार, चैत्र १७ २०७८
1.1K
Shares

गोरखा । आगामी निर्वाचनबाट सक्षम र योग्य उम्मेदवार छनोट गर्न दवाव सृजना गर्न भन्दै मानवअधिकार तथा शान्ति समाजले देश ब्यापी दवावमुलक अभियान सुरु गरेको छ ।

आगामी स्थानीय निर्वाचनबाट समाजलाई चाहिएको र समाजले चाहेको नेतालाई चयन गर्न दवाव सृजना गर्ने उदेश्यले गोरखाबाट शान्ति समाजले देशव्यापी अभियानको सुरुवात गरेको जनाएको छ ।

आगामी निर्वाचन मार्फत सबै दललाई योग्य उम्मेदवार खडा गर्न र सबैले गुणस्तरिय शिक्षा, स्वास्थ्य, शान्ति, समाजिक न्याय र वातावरण संरक्षणको एजेण्डालाई अघि बढाउनुपर्नेमा जोड दिदै शान्ति समाजले बिहिबार गोरखाबाट अभियानको कार्यक्रमलाई अघि बढाइएको संस्थापक सभापति कृष्ण पहाडीले बताए ।

अभियानमा पहाडीको नेतृत्वको केन्द्रिय टोलीको समेत सहभागिता रहेको बताइएको छ । अभियान अन्तरगत जनतालाई सक्षम नेता चुन्न समेत आग्रह गरिने बताइएको छ ।

गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षाः सबैको अधिकार, हिमाल बचाउँ, नदी जोगाउँ, लागुऔषद, मदिराजन्य दुब्र्यसन बिरुद्ध अभियान र युद्ध निषेध, शन्ति विशेष अभियान नामबाट शन्ति समाजले देशब्यापी अभियान सञ्चालन गर्न लागेको जनाएको छ । अभियान अन्तरगत ¥याली, प्रचा पम्प्लेट वितरण तथा सचेतनाका कार्यक्रमहरु सञ्चालन गरिने छ ।

गोरखाबाट सुरु भएको अभियान पहिलो चरणमा देशका २१ जिल्लमा सञ्चालन गरिनेछ । अभियानकै क्रममा रुसलाई युक्रेन विरुद्धको युद्ध रोक्न, आणविक अस्त्र उन्मुलनको अभियान समेत अघि बढाइने समाजले जनाएको छ ।

मानवअधिकार तथा शान्ति समाज गोरखाका कार्यवहाक सभापति सीताराम तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय महासचिव रामकृष्ण बराल, केन्द्रिय सल्लाहकार होमकान्त चौलागाई, उत्तम पुडासैनी, पूर्व केन्द्रिय कोषाध्यक्ष स्थानेश्वर दुवाडी लगायतले मन्तब्य राखेको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार