• शनिबार, साउन १६ २०८३

निर्वाचन आयोगद्वारा स्थानीय तह निर्वाचन निर्देशिका २०७९ जारी


बिहिबार, चैत्र १७ २०७८
710
Shares

निर्वाचन आयोगले स्थानीय तहसँग सम्बन्धित कानुन तथा कार्यविधिको व्यवस्थालाई व्यवस्थित बनाउन स्थानीय तह निर्वाचन निर्देशिका २०७९ जारी गरेको छ । बिहीवार निर्वाचन आयोगको नियमित पत्रकार सम्मेलनमा यो बारेमा जानकारी दिइएको हो ।

यस्तै आयोगले निर्वाचनमा उम्मेदवारले आफ्नो मनोनयन प्रक्रिया दर्ता गर्दा स्व घोषणा गर्नुपर्ने व्यवस्था समेत गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । उनले स्थानीय तह निर्वाचन २०७९ को व्यवस्थापन र सञ्चालनलाई लैङ्गिक तथा समावेशी बनाइ महिला तथा समावेशी समूहका व्यक्तिहरुलाई निर्वाचन प्रक्रियामा बढी भन्दा बढी सहभागिता र प्रतिनिधित्व गराउने सम्बन्धमा राजनीतिक दलहरूलाई १७ बुँदे निर्देशन दिइएको पनि बताए ।

प्रवक्ता पौडेलका अनुसार आयोगले आम मतदातालाई सूचना उपलब्ध गराउने उद्देश्यले आयोग परिसरमा कल सेन्टरको स्थापना गरेको छ । प्रवक्ता पौडेलले कल सेन्टर स्थापना भएको दुई दिनमा आयोगमा पहिलो दिन ३१० र दोस्रो दिन २६१ जना मतदाताहरूको जिज्ञासा समाधान गरेको पनि बताए । आयोगले मतदान सम्बन्धी जिज्ञासाका लागि ११०२ नम्बरको टोल फ्रि नम्बर उपलब्ध गराएको छ ।

प्रवक्ता पौडेलले कल सेन्टरमा मतदाता नामावली, निर्वाचन आचारसंहिता, मतदाता शिक्षा लगायतका विषयहरुमा आम मतदाताहरूबाट जिज्ञासा आउने गरेको बताए । यस्तै आयोगले बिहीवार निर्वाचन आयोग र नेपाल ल सोसाइटीको संयुक्त आयोजनामा केन्द्रमा आचारसंहिताहरूको प्रचारप्रसार तथा सचेतनासँग सम्बन्धित कार्यक्रम सम्पन्न गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार