• शनिबार, साउन १६ २०८३

शंकर पोखरेल भन्छन् – एमालेको सरकार नै जनताको अपेक्षा


बिहिबार, चैत्र १७ २०७८
1.4K
Shares

नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको सरकार नै जनताको अपेक्षा रहेको बताएका छन् । 

नेकपा एमालेका महासचिव शंकर पोखरेलले तराई मधेशमा एमाले प्रवेशको लहर चलेको दाबी गरेका छन् । बिहीबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महासचिव पोखरेलले एमालेको नेतृत्वमा बलियो सरकार नै जनताको अपेक्षा रहेको बताए ।

महासचिव पोखरेलले एमालेले विकास र समृद्धिको मुद्दा लिएर गरिबी र बेरोजगारी समस्या हल गर्न चाहेको पनि बताए । उनले भने, ‘एमालेमा प्रवेशको लहर छ, जनताले एमालेको सरकार खोजेका छन्, एमालेले सरकारको नेतृत्व गर्छ, विकास र निर्माणका लागि नाटकीय परिवर्तन आउनेछ ।’

उनले अघि थप्दै भने, ‘एमालेको मुख्य एजेण्डा विकास र समृद्धि छ, गरिबी र बेरोजगारीको अन्त्य नै एमालेको मुख्य एजेण्डा हो ।’उनले एमाले विरुद्ध मधेसमा सामन्ती मनोवृत्ति कायमै रहेकाले त्यसलाई चिर्न जरुरी रहेको बताए ।  विगतमा ‘रे नही, जी कहो भन्ने अभियान नै चलाएको बताउँदै उनले सामन्त मनोवृत्तिको नास हुनु जरुरी रहेको बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार