• शनिबार, साउन १६ २०८३

‘अबको निर्वाचन उम्मेदवारको होइन मतदाताको परिक्षा हो’


बिहिबार, चैत्र १७ २०७८
750
Shares

गोरखा । आगामी निर्वाचन उम्मेदवारको नभई मतदाताको परिक्षा भएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । नेपाल पत्रकार महासंघको ६७ औँ स्थापना दिवसको अवसरमा गोरखा सदरमुकाममा बुधबार भएको आगामी निर्वाचनमा नागरिक समाज र सञ्चार माध्यमको भूमिका सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले मतदानताले सक्षम र सबल नेतृत्व छान्ने परिक्षाका रुपमा लिनुपर्नेमा जोड दिएका हुन् ।

सोच नेपाल र नेपाल पत्रकार महासंघ गोरखा शाखाको संयुक्त आयोजनामा भएको कार्यक्रममा वक्ताले सहि उम्मेदवार छनोट गर्न मतदाता चुक्न नहुने बताएका हुन् । ‘चुनाव उम्मेदवारको परिक्षा हुदै होइन, यो त मतदाताको हो’ सोच नेपालका कार्यकारी निर्देशक उत्तम निरौलाले भने ‘सहि र सक्षम नेतृत्व छान्ने अवसर अब हामीले चुकाउनु हुदैन, नभए हामी मात्रै होइन हाम्रा अबका पुस्ता पनि दुर्घटना पर्नेछ ।’

आगामी निर्वाचनमा उठ्ने उमेद्वारको योग्यता, नेतृत्व क्षमता, समाजमा पु¥याएको योगदानको अध्ययत गर्नुपर्ने र उनको विगत इतिहास सबै सार्वजनिक गर्नुपर्ने निरौलाले बताए । गलत व्यक्तिलाई भोट दिएमा राष्ट्र दुर्घटना जाने बताउदै उनले इमान्दार, नेतृत्व क्षमता भएको र समाजलाई समृद्धिको मार्ग डो¥याउन सक्ने व्यक्तिलाई मात्र भोट दिएर जिताउनुपर्नेमा उनले जोड दिए ।

त्यस्तै, निर्वाचनको समयमा आचारसंहितामा मात्र बढी केन्द्रित हुने गरेको बताउदै मतदाता शिक्षामा बढी जोड दिन आग्रह गरे । आगामी निर्वाचनमा योग्य व्यक्तिलाई छनौट गर्नका लागि नागरिक समाज र सञ्चार माध्यमको महत्वपुर्ण भूमिका रहने सोच नेपालका कार्यकारी निर्देशक निरौलाले बताए ।

निर्वाचन कार्यालय पाँच वर्षमा एक वर्ष मात्र सक्रिय हुने अरु बेला निक्रिय हुने गरेकाले मतदाता शिक्षा प्रभावकारी हुन नसकेको नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका सचिव कैलाशबाबु श्रेष्ठले बताए । निर्वाचन सम्बन्धी शिक्षा अभावका कारण हरेक पटकको मत बदर हुने गरेकाले अहिले समय छोटो भएता पनि समुदायस्तरमा टोलटोलमा गएर मतदाता शिक्षालाई प्रभावकारी ढंगंले संचालन गर्नका उनले निर्वाचन कार्यालयलाई अनुरोध गरेका थिए ।

नागरिक समाजका सदस्य, मानव अधिकारीकर्मी, पत्रकारले एकपर्टी खुल्लेआम पार्टीको झण्डा बोकेर स्वतन्त्रताको कुरा गर्न नमिल्ने बताउदै आफ्नो पेश प्रति वफादार हुनुपर्ने नेपाल पत्रकारमहासंघका पुर्व अध्यक्ष भिमलाल श्रेष्ठले बताए । सोहि सन्र्दर्भमा मानव अधिकार सन्जाल गोरखाका संयोजक यदु प्रसाद अधिकारीले कुनै पनि व्यक्ति कुन संगठन आवद्ध हुने नहुने कुरामा आपैm सचेत हुनुपर्ने बताए ।

लोकतन्त्रको बलियो पक्ष नै निर्वाचन भएको बताउदै अधिवक्ता स्थानेश्वर दुवाडीले निर्वाचनको आचारसंहिता सबैले पालन गरी निष्पक्ष, स्वतन्त्र भएरहीत वातावरणमा निर्वाचन सम्पन्न गर्नुपर्ने जोड दिए ।

कार्यक्रममा सामाजिक अभियन्ता रिता परियारले आगामी निर्वाचनमा आफ्नो नातेदारको आधारमा नभई पार्टीको घोषण पत्र राम्रोसँग अध्ययत गरेर र समाजलाई सहि मार्गनिर्देशन दिन सक्ने सक्ने व्यक्तिको पहिचान गरेर मात्र भोट दिन आग्रह गरेका थिए ।

कार्यक्रमलाई पत्रकार महासंघ गोरखा शाखाको अध्यक्ष नरहरी सापकोटाले पत्रकारले निर्वाचन सम्बन्धी समाचार लेख्दै गर्दा पत्रकारको आचारसंहितालाई ध्यान दिनुपर्ने बताए । सबैको विचार, सिद्धान्त फरक फरक भएता पनि संगठन वा पेशमा आवद्ध भएपछि आफ्नो पेशा, आचारसंहितलाई इमान्दारिताका साथ पालना गर्न उनले अनुरोध गरे ।

निर्वाचनको समयमा पत्रकारले पत्रकार आचारसंहिता विपरीत गतिविधि गरेमा महासंघ जवाफदेहि नहुने समेत उनले बताए ।

नेपाल पत्रकार महासंघ गोरखा शाखाको अध्यक्ष नरहरी सापकोटाको अध्यक्षमा भएको कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय गोरखाका प्रमुख टेकबहादुर कोइराला, पत्रकार महासंघ गण्डकी प्रदेशका सचिव कैलाशबाबु श्रेष्ठ, मानव अधिकारसन्जाल गोरखाका संयोजक यदुअधिकारी, सोच नेपालका कार्यकारी निर्देशक उत्तम निरौला लगायत जिल्लाका विभिन्न सरकारी तथा गैरसरकारी संघसस्थामा सक्रिया व्यक्तिहरु र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय गोरखाका प्रमुख टेक बहादुर कोइराला जिल्लामा निर्वाचन सम्बन्धी हाल सम्म भएको गतिविधि र तयारीका अवस्था बारे जानकारी गराएका थिए । उनका अनुसार अगाामी स्थानीय तहको निर्वाचनमा गोरखामा राष्ट्रिय मान्यत पाँच दल सहित अन्य १८ वटा साना दलहरु गरी २३ वटा राजनीतिक दहले सहभागिता जनाएको बताए ।

दुई सय १५ निर्वाचन स्थल र तीन सय ११ वटा निर्वाचन केन्द्र रहेको गोरखामा कुल मतदाता दुई लाख १८ हजार ५ सय ६३ रहेको उनले जानकारी दिए । निर्वाचन आधिकारिक उम्मेदवारी मनोनय प्रक्रिया वैशाख १२ गते देखि १७ गते सम्म हुने कार्यालयले जनाएको छ ।

अन्तरक्रिया कार्यक्रममा पत्रकार किरण लोहनीले निर्वाचन सम्बन्धी विगतको अभ्यास, आगामी निर्वाचनमा आइपर्ने चुनौती र निर्वाचन आचारसहिता कार्यान्वयनका अवस्था लगायका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा आगामी निर्वाचनमा सबै जातजाती, वर्ग, क्षेत्र, लिङ र समुदायका व्यक्तिहरुलाई सम्मान रुपमा समेटिनुपर्ने, निर्वाचन आचारसंहित विपरीत गतिविधि गर्ने दल वा व्यक्तिहरुलाई आयोगले कारवाहीको दायरमा ल्याउनुपर्ने जस्ता बिषय समेटिएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार