• मंगलबार, भाद्र ३० २०८३

निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक


बुधबार, चैत्र १६ २०७८
555
Shares

स्थानीय तहको निर्वाचन सम्बन्धि छलफलको लागि निर्वाचन आयोगले यही चैत २२ गतेका लागि सर्वदलीय बैठक बोलाएको छ। निर्वाचन आचारसंहिता लागू गर्नेलगायत विषयमा सुझाव लिन सर्वदलीय बैठक बोलाएको आयोगका एक अधिकारीले जानकारी दिए।

२२ गतेको बैठकमा दलहरुको सुझाव लिएर आचारसंहिता लागू गर्ने दिन टुंगो लगाउने तयारी आयोगले गरेको छ। स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते हुँदै छ। चैत २५ गतेपछि आचारसंहिता लगाउने आयोगको तयारी छ।

निर्वाचन आचारसंहितालाई आयोगले अन्तिम रुप दिइसकेको छ। ३० वैशाखको निर्वाचनको लागि आयोगले उम्मेदवारी दर्ता ११ र १२ वैशाखका लागि तोकेको छ। निर्वाचन नजिकिँदै गर्दा दलहरु मतदाता रिझाउने अभियानमा तीव्रताकासाथ लागेका छन्। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार