• शनिबार, साउन १६ २०८३

नेकपा एमाले क्विन्टलको ढक हो, गठबन्धन भनेको एक-एक किलोका ढक हुन् : केपी ओली


बुधबार, चैत्र १६ २०७८
615
Shares

This image has an empty alt attribute; its file name is cafe-de-chautari-1.gif

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको चुनावमा एमाले अत्यधिक मत लिएर विजयी हुने बताएका छन्।

भक्तपुरको सूर्यविनायकमा एमाले केन्द्रीय सदस्य तथा व्यवसायी दुर्गा प्रसाईले सुरु गरेको तरकारी बजारको बुधबार उद्घाटनका क्रममा उनले यस्तो बताएका हुन्। 

ओलीले कांग्रेस र माओवादी केन्द्रसहितको पाँच दलीय गठबन्धनलाई एक एक केजीको ढकको पनि संज्ञा दिएका छन्। 

‘गठबन्धनमा रहेका पाँच दल भनेका एक एक केजीका ढक हुन्। तर एमाले एक्लै एक क्विन्टलको ढक हो। अब पाँच केजीको ढक र एक क्विन्टलको ढक दुई पटी राखेर जोख्दा तुलनै हुन सक्दैन नि! उनीहरुले एमालेसँग भिड्न गठबन्धन गरेरै आउनुपर्छ।’

उनले बच्चाहरुसँग एमालेलाई लड्न पनि समस्या हुने बताए। ‘हामीलाई साह्रै बच्चा भयो भने लड्न गाह्रो हुन्छ। बच्चाहरुसँग निहुरिएर लड्न सकिन्न’, उनले भने, ‘एउटाको काँधमा अर्को चढ्छ। लोभीपापीको गठबन्धन कति गाह्रो छ। गठबन्धनले एकै दिन मनोनयन गर्न सक्दैन भनेर दुई दिन राखिएको छ। एक हप्ता गराए पनि के भो र मनोनयन नै हुने होला।’

ओलीले गठबन्धन गरेर पनि एमालेसँग लड्न गाह्रो रहेको बताए। ‘गठबन्धनबिना एमालेसँग लड्न सकिँदैन भन्ने बुझ्नु भयो। तर गठबन्धन गरे पनि एमालेसँग लड्न सकिँदैन भन्ने बुझ्न बाँकी छ’, उनले भने, ‘एमाले एक्लैले गठबन्धनलाई यो कुरा सिकाउनेछ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार