• बुधबार, भाद्र ३१ २०८३

ज्ञानेन्द्र शाही राप्रपा केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनीत


बुधबार, चैत्र १६ २०७८
585
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका प्रवक्ता रहेका ज्ञानेन्द्र शाहीलाई केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनीत गरेका छन्।

अध्यक्ष लिङ्देनले मंगलबार शाहीलाई कार्यसम्पादन समिति सदस्य मनोनीत गरेका हुन्।

राप्रपा र सुशासनका लागि हाम्रो नेपाल हामी नेपाली अभियानबीच भएको सम्झौता र पार्टी विधान बमोजिम शाहीलाई कार्यसम्पादन समिति सदस्य मनोनीत गरिएको उल्लेख छ।

यसअघि लिङ्देनले कार्यसम्पादन समितिमा २० जनालाई मनोनीत गरेका थिए। ३३ सदस्यीय हुने कार्यसम्पादन समितिमा अब ११ जना मनोनीत गर्न बाँकी रहेको पार्टीले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार