
गोरखा। स्थानिय तहमा सञ्चालन भएको मतदाता नामावली सङ्कलन बिशेष कार्यक्रम अन्र्तगत गोरखामा दुईलाख १८ हजार ५६३ जनाले मतदाता नामवलीमा नाम दर्ता गराएका छन् ।

निर्वाचन आयोगले आइतबार जिल्लाको ११ वटा पालिकाको मतदाताको अन्तिम नामावलीको सूची प्रकाशित गरेको हो । जसमा पुरुष मतदाताको संख्या एकलाख आठ हजार २६० रहेको छ भने पुरुष मतदाता संख्या एकलाख १० हजार ३०३ रहेको छ ।
यसअघि जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली प्रकाशित गरी संशोधनका लागि हरेक पालिका र वडा कार्यालयहरुमा प्रकाशित गरेको थियो । काँटछाँट गरेर निर्वाचन आयोगले आइतबार कूल मतदाता संख्या प्रकाशित गरेको जिल्ला निर्वाचन अधिकारी टेकबहादुर कोइरालाले जानकारी दिए ।


