• शनिबार, साउन १६ २०८३

माओवादी अध्यक्ष दाहाल र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता


आइतबार, चैत्र १३ २०७८
890
Shares

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ ।

विदेशमन्त्री वाङलाई अध्यक्ष दाहालसहितको टोलीले नक्सालस्थित मेरियट होटलमा गएर भेटेका हुन् । भेटवार्तामा माओवादी नेताहरु नारायणकाजी श्रेष्ठ, शक्ति बस्नेतलगायत सहभागी थिए ।

यसअघि उनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेका थिए ।नेपालको तीनदिने भ्रमणमा रहेका विदेशमन्त्री वाङले आइतबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका थिए । शीतल निवासमा उनीहरुले शिष्टाचार भेटवार्ता गरेका हुन् ।उनी आइतबार दिउँसै बेइजिङ फर्कने कार्यक्रम छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार