• शनिबार, साउन १६ २०८३

यी हुन्, गोरखाका ११ वटै स्थानीय तहमा खटिएका निर्वाचन अधिकृत


आइतबार, चैत्र १३ २०७८
940
Shares

गोरखा । आगामी बैसाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले गोरखाका ११ वटै स्थानिए निकायमा निर्वाचन अधिकृत तोकिएको छन् ।

निवाचन आयोगले देशैभरि निर्वाचन अधिकृत परिचालन गरेसगैँ जिल्लाका एक नगरपालिका र १० गाउपालिकामा निर्वाचन अधिकृतको नाम तए गरिएको हो । आयोगले ६७६ निर्वाचन अधिकृत नियुक्त गरेको हो ।

२०७९ वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ७ बमोजिम राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृत स्तरका कर्मचारीलाई मिति २०७८ चैत २९ देखि लागु हुनेगरी निर्वाचन अधिकृत नियुक्त गरिएको आयोगले जनाएको छ ।

आयोगका अनुसार गोरखाको अजिरकोट गाउँपालिकाका लागि कमलराज भण्डारी, आरुघाट गाउँपालिकाका लागि श्रीधर गौतम, गण्डकी गाउँपालिकाका लागि बासुदेव रेग्मी, चुमनुव्री गाउँपािलकाका लागि नानीबाबु पोखरेल, धार्चे गाउँपालिकाका लागि निराजकुमार खत्री, भीमसेनथापा गाउँपालिकाका लागि खिमानन्द गौतम, शहीदलखन गाउँपालिकाका लागि जीवन प्रसाद आचार्य, सिरान्चोक गाउँपालिकाका लागि डोलनाथ न्यौपाने, बारपाक सुलिकोटका लागि शेषकान्त पौडेल निर्वाचन अधिकृत तोकिएका छन् ।

यस्तै, गोरखा नगरपालिकाका लागि दिनबन्धु बराल र पालुङटार नगरपालिकाका लागि गोकर्णराज पन्त तोकिएको आयोगले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार